दमक, ७ भदौं–सुन्दर समाज नेपालले दमक–२ खरखरेमा अवस्थित मानव उद्धार सेवा आश्रममा आश्रय लिएर बसिरहेका बेसहारा, अशक्त, अनाथहरुका लागि खाद्यान्य सामाग्रीहरु उपलब्ध गराएको छ ।
रोजगारको शिलशिलामा अमेरिका बसिरहेका आराध्य खनालको जन्मदिनको अवसर पारेर शुक्रबार सुन्दर समाज नेपालले मानव उद्धार सेवा आश्रमलाई खाद्यान्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
दमक-२ का वडाध्यक्ष प्रजापति सापकोटाको उपस्थितिमा सुन्दर समाज नेपालकी अध्यक्ष बिन्दु (लक्की) सिटौला, पूर्वअध्यक्ष रुपा सेलिङ, आराध्य खनाल, खनालकी बुबा-आमा, परिवारजन, आफन्तहरु र आश्रम सञ्चालकहरुको उपस्थितिमा सामाग्रीहरु हस्तान्त्रण गरिएको थियो ।
हाल, आश्रममा बेसहारा, अशक्त र अनाथहरुगरी ५० जनाको संख्यामा आश्रित छन् ।
समाजकी अध्यक्ष एबम् व्यवसायी लक्की सिटौलाका अनुसार आश्रममा बसिरहेका वेसहारा, अशक्त र अनाथहरुलाई दैनिक आवश्यक पर्ने खाद्यन्य सामाग्रीहरु अभाव भएपछि सो सामाग्रीहरु उपलब्ध गराइएको हो । जन्मदिनमा हुने अनावश्यक खर्चलाई समाजिक सेवातर्फ लगाउन खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको अध्यक्ष सिटौलाले बताईन् ।
मानव उद्धार सेवा आश्रम दमकमा स्थापना भएदेखि सिटौलाको अग्रसरतामा रचनात्मक तथा सृजनात्मक कार्यहरु सञ्चालन हुँदैं आइरहेको छ ।
सो क्रममा सुन्दर समाज नेपालकी अध्यक्ष सिटौलाले जन्मदिन मनाृउने आराध्य खनाललाई सुस्वास्थ्य र दीर्घायुजीवनको कामनासहितको शुभेच्छा व्यक्त गर्नुभयो ।
