दोमुखा (शिवसताक्षी), ७ भदौं–दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको १४ भदौमा हुने निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । संस्थाको १५ सदस्यीय रहने समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा मोहनबहादुर कार्की, धनप्रसाद लिम्बु, मनबहादुर मगर र किरण ओलीको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै, प्रथम उपाध्यक्षमा प्रेमध्वज जवेगु र ठाकुर ढकाल, द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने, कृष्णबहादुर बस्नेतको उम्मेद्वारी दर्ता भएको छ ।

त्यसैगरी, सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सहसचिवमा अग्नीप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको खुल्ला सदस्यमा सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा , प्रेमप्रसाद फुयेल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ्ग, हरेराम शाह, प्रेमनाथ जोगीको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै गरी महिला सदस्य पदमा राममाया सम्सुहाङ्ग (हिना), सविना लिम्बु ९खेवा०,सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बु, सिर्जना लिम्बु, उर्मिला सार्कीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १ (महिला आरक्षण) सदस्य ५ खुल्ला, र सदस्य ४ (महिला आरक्षण) रहने व्यवस्था रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *