धरमपुर, ९ भदौं–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले हरितालिका तीजको अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउनुनको साथै मनोरजनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार, शिबसताक्षी–११ झिलझिलेस्थित किराँत राई यायोख्याको भवनमा माओवादी केन्द्र शिबसताक्षी नगर कमिटीले तीज मिलन कार्यक्रमको आयोजना गरेको हो । सोही अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाएर तीजसम्बन्धि गीतमा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आर्कषक र मनोरञ्जन बनाइएको थियो ।

माओवादी केन्द्र शिबसताक्षी नगर अध्यक्ष दुर्गा नेम्बाङले नेपाली हिन्दु महिलाहरुले आदिमकालदेखि मनाउँदै आइरहेको तीजलाई हर्ष उल्लासमय बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

तीज मिलन कार्यक्रमकाबीच अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिबसताक्षी नगर कमिटी पुनःगर्ठन गरिएको छ । शिबसताक्षी–८ झिलझिलेकी नेतृ एबम् स्थानीय जनपप््रतिनिधि रिता तामाङ थापाको नेतृत्वमा २१ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नगर कमिटी पुनःगर्ठन गरिएको हो ।

नगर कमिटी अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षता र केन्द्रीय सदस्य एबम् कोशी प्रदेशका पूर्वमन्त्री झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यतामा तीज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य कल्पना कार्की, अनेमसंघ (क्रान्तिकारी) प्रदेश कमिटी सदस्य भूमिका कोइराला, माओवादी केन्द्र झापाका सदस्य एनपी लामिछाने, रामजी कार्की, शिबसताक्षी नगर कमिटीका पूर्व उपाध्यक्ष गणेश बजगाई, अनेमसंघ (क्रान्तिकारी) झापाकी उपाध्यक्ष कचाली ताजपुरिया, अम्बिका आचार्य लगायतको उपस्थिति थियो ।

माओवादी नगर कमिटी उपसचिव देबिका खनाल वर्षाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर कमिटी अध्यक्ष दुर्गा नेम्बाङले हरितालिका तीजलाई धार्मीक, साँस्कृतिक र एकताको निम्ति मनाउन जरुरी रहेको बताउनुभयो ।

नेता नेम्बाङले तीजलाई दर खाने र रमाइलोसंगै महिला सशक्तीकरण, समानता, न्याय, एकता र अधिकारको निम्ति मनाउन आमा दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *