बिर्तामोड, ९ भदौं–नेपाल कम्युनिष्ट पार्टी .एकिकृत समाजवादी) का महासचिब घनश्याम भुषालले २०८२ सालभित्र नेपालका कम्युनिष्ट पार्टीमा ठुलो उथल(पुथल आउने बताएका छन् ।

झापाको बिर्तामोडमा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी झापाद्वारा आयोजित टिकटक प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गर्दै महासचिव भुषालले यस्तो धारणा राखेका हुन् ।

एकीकृत समाजवादी पार्टीको चौथो स्थापना वर्षगाँठको अवसर पारेर बिर्तामोडमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै महासचिव भुषालले जनतासँग दुरी बढ्दै गएका कारण यही बर्ष नेपालका कम्युनिष्ट पार्टीमा भुकम्पीय परिवर्तन हुने दावी गरेका हुन् ।

मुलुकले ठुलो सुधार खोजेको छ, भुषालले भने  ‘अब एउटा समयको अन्त्य हुँदै गरेको संकेत हाामीले पाएका छौं, जनता परिवर्तन भए, तर दलहरु परिवर्तन हुन नसक्नु दुर्भाग्य हो ।’ अहिले राजनीतिक दल र जनताबीचको खाडल झन ठुलो भइरहेको उनको भनाई छ । सबै पार्टीमा अन्यौल र उकुस मुकुस उत्पन्न भएका कारण राष्ट्रिय राजनीति अहिले भयंकर समस्यामा रहेको उनको भनाई छ ।

कार्यक्रममा महासचिव भुषालले नेकपा एमालेले २०८४ को निर्वाचन सामना गर्न नसक्ने बताए । एमालेले सरकारमा रहेर भ्रष्ट र बिचौलियालाई संरक्षण मात्र गरेका कारण आगामी निर्वाचनमा जनताको बीचमा जान नसक्ने बताए । उनले अहिले सबैभन्दा बढी जनताबाट एमाले टाढिएको दावी गरे ।

नेकपा (माओवादी केन्द्र) पनि सरकारमा जान लालायित रहेकाकारण उसको राजनीतिक भविष्य सुरक्षित नरहेको बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनमा यति समस्या उत्पन्न भएका छन्– महासचिब भुषालले भने–ुत्यसको समाधानमा लाग्नु त कता हो कता, सरकारमा जान हतार । जनतासँग जोडिएर काम गर्नुपर्ने समयमा सरकारमा कतिबेला जान सकिन्छ ? भन्ने माओवादीको हतारोले पनि कम्युनिष्ट आन्दोलन अप्ठ्यारो अवस्थामा पुगेको हो ।’

नेपाली कांग्रेससँग कुनै नीति, सिद्वान्त र बिचार नरहेका कारण उसले अब मुलुकको नेतृत्व गर्न नसक्ने दावी उनले गरे । ‘कांग्रेस स्थिर रहन्छ र बिस्तारै कमजोर हुँदै जान्छ, भुषालले भने( कांग्रेसको नेतृत्वमा बिचौलिया र भ्रष्ट बचाउने भन्दा हरु काम हुनै सक्दैन ।’

सर्वहारा वर्गको हितका लागि कम्युनिष्ट पार्टी बलियो हुनुको विकल्प नरहेको उनको भनाई छ । उनले एकिकृत समाजवादी पार्टी अग्रगामी पार्टी भएको हुनाले समाजवादीकै नेतृत्वमा बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टी स्थापनाको चौथो बर्ष पूरा गरेको अवसरमा आयोजित ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ बिषयमा टिकटक बनाएका बुद्वशान्तिका झलकमान दर्जी प्रथम, मेचीनगरका नम्रता खड्का दोस्रो, मेचीनगरकै शिव सुवेदी तेस्रो र आवाज गौतम सान्त्वना पुरस्कारबाट पुरस्कृत भए । उनीहरुले क्रमश नगद १० हजार, ५ हजार, ३ हजार र एक हजार रुपैया नगद पुरस्कार पाएका थिए ।

जिल्ला कमिटी झापाका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष सरस्वती सुब्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य नेता बासु दुलालले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *