दमक, ११ भदौं–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार दमकस्थित मेची बहुउदेश्यीय सहकारी संस्थाको कार्यलयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।
संस्थाको २९औं वार्षिकोत्सव तथा ३१औं साधारणसभाको अवसरमा आयोजित खुला रक्तदानमा ६३ पिन्ट रगत संकलन भएको सस्थाका सचिव राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्षको भदौ ११ गते रक्तदान कार्यक्रम आयोजना गरिआएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
संस्थाको आज विहिबार एकीकृत माइन्यूट प्रमाणीकरणसहित समापन कार्यक्रम गरि साधारणसभा औपचारिक रुपमा सम्पन्न हुने जनाइएको छ ।
रक्तदानमा संस्थाका सञ्चालक, शेयर सदस्यहरु,कर्मचारीहरु तथा सर्वसाधारणहरुले सहभागि भएका थिए ।
