काठमाडौँ, १० भदौं–तीज पर्वको अवसरमा पशुपतिनाथमा बिहान सबेरैदेखि घुइँचो लागेको छ। विशेषगरी महिलाहरू सौभाग्यसूचक रातो पहिरनमा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न पुगेका छ।
सत्ययुगमा कठोर व्रतको प्रभावले देवी पार्वतीले महादेव पति पाएको पौराणिक सन्दर्भलाई आधार मानेर परिवारमा सुख शान्ति र समृद्धिको कामना गर्दै यो व्रत गर्ने परम्परा छ।
