दमक, १२ भदौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भएको छ।

झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको ३१औ साधारण सभालाई सम्बोधनका क्रममा उहाँले केही व्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलत रुपमा व्याख्या गर्न नहुने बताउनु भयो।

राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको अवस्थामा सहकारी एक महत्त्वपूर्ण खम्बा रहेको स्मरण गराउनु भयो। अर्थतन्त्रको एक महत्त्वपूर्ण खम्बालाई कमजोर रूपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दाहालले बताउनु भयो।

पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उहाँको भनाइ थियो।

१७ ह्जारभन्दा बढी सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर मात्र तिरेको सस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताउनु भयो । तीन जिल्ला कार्य क्षेत्र रहेको सस्थाको ४ अर्ब ५३ करोडको वासलात रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *