दमक, १२ भदौं–साताको हरेक शुक्रबार बन्द हुँदै आएको दमक बजार अब भने सातै दिन खुला हुने भएको छ ।

दशैं, तिहार तथा छैठ लगायतका नेपालीहरूको मुख्य चाडपर्व नजिकिएसँगै दमक बजार खुल्ला हुने भएको हो।

दमक उद्योग वाणिज्य संघले सूचना निकालेर भोलि शुक्रबारदेखि चाडपर्व गरी बजार खुल्ला रहने भएको जनाएको छ ।

दमकवजार जिल्लाको माइपश्चिम, इलाम र पाँचथरका दक्षिण भेगका बासिन्दाहरुका लागि मुख्य व्यापारिक क्षेत्र मानिने गरिन्छ ।

हेर्नुहोसः सुचना 

दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर बजार पसल खुल्ला राख्ने निर्णय भएको संघका कार्यालय प्रमुख निरज बिष्टले जानकारी दिए ।

चाडपर्वका समयमा उपभोग्य सामग्री किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले संघले वर्षेनी दमक बजार खुल्ला राख्ने निर्णय गर्दै आएको छ।

संघका अध्यक्ष गोपाल गुरागाईले दशैं ,तिहार लगायतका चाडपर्वमा उपभोक्ताहरुलाई किनमेलमा सुविधा पुरयाँउन चाडपर्व भरि दमक वजार खुला राखेर व्यवसायिक एकता कायम गर्न आग्रह गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *