दमक, १३ भदौं–सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक–५ मा कार्यालय रहेको सूर्यमुखी साकोसले आज (शुक्रबार) बेलडाँगी रोडस्थित मारवाडी सेवा समितिको सभाहलमा दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको उद्घाटन समारोहमा उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने ४० जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमप्रसाद कोइरालाले पानसमा दीप प्रज्वलन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष चुडामणी ओझाको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यतामा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष ओझाले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा अध्यक्ष ओझाले सहकारी संस्थाहरुको प्रकृति, उदेश्य र वित्तिय कारोबारका आकार र प्रकार मिल्दो अवस्थामा मर्जरलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो ।

अध्यक्ष ओझाले दमक ५ बेलडाँगी रोडमा अवस्थित सूर्यमुखी बचत तथा ऋण सहकारी र दमक ६ मामा र्चाकमा अवस्थित नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाबप्च मर्जर (एकीकरण) हुने वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नुभएको थियो ।

सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा कारोवार बृद्धि भएको जनाएको छ । जस अनुसार कोषमा ७.४७ प्रतिशतले बृद्धी, बचतमा ३.१७ प्रतिशतले बृद्धी भएपनि कर्जा लगानीमा भने ५.७० प्रतिशतल कमी आएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तैं, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक चुडामणी न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रमुख अर्जुन कार्की, मेची बहुदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा मेनेजर क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सकल्प लिङदेन, युनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केवलीराम आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष प्रेमकुमार न्यौपाने, कञ्चनजंघा बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष भरत चौलागाई, हिमशिखर मिडिया प्रालीका अध्यक्ष ध्रब न्यौपाने, नमस्ते अस्पतालका सञ्चालक डाक्टर बेधनिजी खतिवडा, दमक बहुमुखी क्याम्पसका प्रध्यापक राधिका ओझा लगायतका व्याक्तित्वहरुको उपस्थिती थियो ।

संस्थाका उपाध्यक्ष कुलबहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको वार्षिक साधारणसभाको सहजिकरण व्यवस्थापक गोकुल न्यौपानेले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *