शिबगञ्ज, १७ भदौ–शिवसताक्षी–६ शिबगञ्जस्थित गौरीशंकर आधारभुत विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मथुराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
अभिभावक, शिक्षक–शिक्षिका, पूर्व विद्यार्थीहरुको भेलाले श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा हरिदयाल राजवंशी, पार्वती ताजपुरिया, आरती ऋषिदेव, एनुवारी ताजपुरिया र शर्मिला कार्की (खड्का) छन् ।
वडाध्यक्ष मनोज खुलाल कार्कीको उपस्थितिमा अभिभावक भेला सम्पन्न भएको हो । अध्यक्ष कार्कीका अनुसार विद्यालयको शिक्षक प्रतिनिधिका लागि चयन गर्न बाँकी रहेको छ । वडाध्यक्ष उक्त समितिको पदेन सदस्य रहने व्यवस्था छ ।