झापा, १६ भदौ–झापा मेचीनगरका मिलन राजवंशीले आजदेखि कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकल यात्रा सुरु गर्नुभएको छ । युवालाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले साइकल यात्रा थाल्नुभएको हो ।

‘छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर’ नारासहित नेपालकै होचो भूभागलाईसमेत चिनाउने उद्देश्यले यात्रा अघि बढाएको राजवंशीले बताउनुभयो ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडाध्यक्ष नुरजामा मियाँ, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले कचनकवलको पहिचान झल्कने सामग्री र टी–सर्ट प्रदान गरी राजवंशीलाई बिदाइ गर्नुभएको छ ।

राजवंशी मेचीनगर–९ धुलाबारीस्थित हिमालयन मल्टिपल कलेज बिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । लागुऔषध दुव्र्यसन घटाउन सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०८२र८३ को साउन महिनामा मात्र जिल्लामा २७ जना लागुऔषध कारोबार तथा सेवन गरेवापत् पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *