अष्टलक्ष्मी शाक्य

काठमाडौँ, १७ भदौ–नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साधना प्रधान संघर्षकी प्रतीक भएको बताएकी छन्। अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले साधना प्रधानलाई संघर्षको, सम्मान र निरन्तरताको प्रतीकको रूपमा लिनुपर्ने बताएकी हुन्।

प्रधानले राणा शासनविरुद्ध महिलाहरुको लागि शिक्षा, मताधिकार, लोकतन्त्रका लागि निरन्तर संघर्ष गरेको उपाध्यक्ष शाक्यले बताइन्। उनले प्रधान लगायतका महिला नेत्रीहरूका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनले बताइन्। उनले निरन्तर संघर्ष गरिरहे समाजवादको लक्ष्यमा पनि एकदिन पुग्ने दाबी गरिन्। ​

उनले भनिन्, ‘साधना दिदीले राणा शासनको विरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षा र लोकतन्त्रका लागि संघर्ष गर्नुभयो। जुन आँट र संघर्ष गर्नुभयो। त्यो प्राप्तिले गर्दाखेरी आज हामी यो ठाउँमा आइपुगेका छौँ।

उनले साधना प्रधान जस्तै राजनीतिमा निरन्तरता दिन महिलाहरूलाई आग्रह गरिन्। नेकपा ९माओवादी केन्द्र०की नेतृ शशि श्रेष्ठले महिलाहरूको साझा आन्दोलनको अहिलेको उपलब्धि हासिल भएको बताइन्।

काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले साधना प्रधान महिलाले मताधिकार पाउनुपर्छ भनेर पद्म शमशेरसँग भन्न जाने साहसी महिला भएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *