दमक, १९ भदौं–दमक तेक्वान्दो डोजाङकी खेलाडी सेमिना राईलाई बुधबार दमकमा सम्मान गरिएको छ । खेलाडी राईले हालै काठमाण्डौमा सम्पन्न चौथो नेटा लिग च्यामपिनसिप प्रतियोगितामा सहभागिता जनाउँदै काष्य पदक जित्न सफल भएकी थिइन् ।
दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमाल, प्रशिक्षक प्रतिमा तामाङ र सल्लाहकार अनिलदेब राईले खादा ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो । सेमिना राईले पुम्से विद्यातर्फ काष्य पदक ल्याएकी हुन् ।
६८ जना खेलाडीहरुलाई पछि पार्दै उनले काष्य पदक जीत्न सफल भएको भन्दै सम्मान गरिएको अध्यक्ष धिमालले बताए । उनले खेलाडीहरुको आत्माबल बढाउन र आगामी दिनमा थप हौसल्ला बढोस भनेर सम्मान गरिएको जनाए ।
सातदोबाटोस्थित कवर्ड हलमा भदौं, १२, १३ र १४ गते देशब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामाा दमक तेक्वान्दो डोजाङबाट विभिन्न विद्यातर्फ ६ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।