दमक, १९ भदौ–दमक–६ मा मूख्य कार्यालय र गौरादह बजारमा सेवा केन्द्र रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चुनावी अधिवेशनसहित १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
स्थानीय पशुपति सेवा सदनमा बिहिबार सम्पन्न चुनावी अधिवेशनसहित १४औं वार्षिक साधारणसभाबाट आगामी कार्याकालको लागि शिखा साकोसको सञ्चालक समिति पुनगर्ठन गरिएको छ । सो सभाले नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय रहेको लेखा समिति पुनगर्ठन गरिएको शिखा साकोसका व्यवस्थापक तुलसी राजवंशीले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला संयोजक र जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी ओझा सदस्य र जिल्ला सहकारी संघ झापाका सञ्चालक सदस्य पदम लिङ्देन (सकल्प) सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व निर्वाचित गराएको हो ।
सञ्चालक समितिमा तीर्जराज चाम्लिङ राई, राजेन्द्र चेम्जोङ सुब्बा, तेजकुमार श्रेष्ठ, हरि लामा, टेकेन्द्र कार्की, डुका कुमाल, गोमादेवी आले मगर, राजेश बुढाथोकी र कुमार निरौला छन् ।
नवनिर्वाचित समितिले आगामी बैठकमा पदाधिकारी (पदिय जिम्मेवारी) तोक्ने निर्वाचन समितिका संयोजक कोइरालाले जानकारी दिए । त्यस्तैं, बिबेक मैनाली संयोजक रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिकाि सदस्यद्धयमा तारा आले र बेदकुमार कार्की छन् ।
यसअघि, १४औं वार्षिक साधारणसभाको उद्घाटनको अध्यक्षता संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले गर्नुभएको थियो । सो अवगसरमा अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन सदस्यहरुबीच प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित सहकारीलाई सुदृढीकरण गर्ने नीति लिइएको बताउनुभयो ।
वार्षिक साधारणसभामा जेष्ठ सदस्यहरु सम्मान, बाल बचत सम्मान, उत्कृष्ट कारोबारकर्ता सम्मान कार्यक्रम गरिएको छ । सम्मानित सदस्यहरुलाई प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष एबम् दमकस्थित नवदुर्गा बहुद्येश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमार कोइराला, संघका सदस्य एबम् फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदम लिङ्देन (संकल्प), शिखा साकोसका संस्थापक अध्यक्ष प्रितम सुब्बा, उपाध्यक्ष हरि लामा, सचिव तीर्थराज राई, व्यवस्थापक तुलसी राजवंशी, लगायतले दोसल्ला र खादा ओढाएर नगद रुपैयासहित मायाको चिना प्रदान गर्नुभएको थियो ।
कार्यालयका व्यवस्थापक राजवंशीका अनुसार शिखा बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक वर्षको वार्षिक साधारणसभाको अवसरमा जेष्ठ सदस्यहरु, बाल बचतकर्ता, उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिदै आइरहेको हो ।
व्यवस्थापक राजवंशीले यस पटकको वार्षिक साधारणसभामा ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ जनालाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको बताउनुभयो ।
आर्थिक वर्ष २०८१।८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा छ भने आम्दानीतर्फ ४ करोड ४ लाख ५५ हजार ४ सय २९ रुपैयाँ ३० पैसा देखिएको छ । त्यस्तैं, संस्थाले खुद नाफा १२ लाख १५ हजार ५ सय ६८ रुपैयाँ ५१ पैसा रहेको छ । सहकारी संस्थाले चालु आर्थिक वर्षमा सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
वार्षिक साधारणसभामा प्रमुख अतिथि कोइराला, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका झापा जिल्ला सहकारी संघका सदस्य पदक लिम्बु लिङ्देनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तैं, सभामा राष्ट्रिय सहकारी बैक दमक शाखा प्रमुख अर्जुन कार्की, क्लब हिमालय टाइगरका अध्यक्ष रेवतचन्द्र भण्डारी लगायत उद्यमी, व्यवसायीहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो । सभामा सञ्चालक समितिको तर्फबाट गोमा आले मगरले स्वागत र सचिव तीर्थराज चाम्लिङ राईले सहजिकरण गर्नुभएको थियो ।