फाइल तस्विरः दन्त शिविरमा दमक थुलुङ डेन्टल क्लिनिकका चिकित्सकहरु

दमक, २० भदौं–झापाको कमल–२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आज एक दिने निःशूल्क दन्त शिविर सम्पन्न भएको छ ।

क्याम्पास्थित कमल–२ को आयोजना, कमल नगर अस्पतालको समन्वयमा र दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा एक दिने निःशूल्क दन्त शिविर सम्पन्न भएको हो ।

सो शिविरमा विद्यायका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु र कर्मचारीहरुसहित तीन सय ३८ जनाले दातको परिक्षण गराएका थिए ।

दमक थुलुङ डेन्टल क्लिनिकका सञ्चालिका वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङ राई, डाक्टर हाङमा माखिम लिम्बू, डा.करुणा कार्की, धनमाया घिमिरे र सरद राजवंशीसहितको प्राविधिकहरुको टोलीले शिविरमा दाँत तथा मुखको परिक्षण गर्नुृभएको थियो ।

सो शिविरमा बालबालिकाकाहरुलाई निःशूल्क औषधी वितरण गर्नुका साथै दन्त रोग विशेषज्ञ डाक्टर थुलुङले दाँत र मुखको हेरचार, दन्त रोगसम्बन्धिका उपचारसहित उचित सल्लाह र परामर्श दिनुभएको थियो ।

डा.थुलुङले बालबालिकाहरुमा दाँत र मुखसम्बन्धि धेरै खाले समस्याहरु देखिएको र त्यसलाई सामाधान गर्न नसके अझ ठूला समस्याहरु बड्नसक्ने बताउनुभयो । दाँत र मुखसम्बन्धिका हेरचार र उपचारका बारेमा स्थानीयस्तरमा जनचेतना बढाउनका लागि भएपनि दन्त शिविरले महत्वपूर्ण भूमिका खेल्ने डाक्टर थुलुङले जानकारी गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चाम्लिङ राई, कमल–२ का वडा सदस्य महेन्द्रबहादुर खत्री, कमल नगर अस्पतालका अहेब लक्ष्मण भट्टराई, पत्रकार सुजन गौतमसहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरु र शिक्षक–शिक्षिकाहरुको उपस्थिति थियो ।

कमल नगर अस्पतालका प्रमुख दीपक दाहालका अनृुसार कमल–२ मा सञ्चालित सामुदायिक तथा निजी विद्यालमा विद्यालय–स्वास्थ्य कार्यक्रमअन्तर्गत दन्त शिविर आयोजना गरिएको हो । अस्पताल प्रमुख दाहालले वडा नम्बर २ मा सामुदायिक तथा निजीसमेत गरेर ६ वटा विद्यालयहरुमा दन्त शिविर सम्पन्न भएको बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *