काठमाडौँ, २७ भदौ–नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ खानुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा शीतल निवासमा सपथ गराउनुभएको हो ।
शपथपछि आगलागीबाट ध्वस्त सिंहदरबारमा आज दिनभर तयार पारिएको प्रधानमन्त्री कार्यालय जानुभएको छ । शपथ ग्रहण समारोहमा भूतपूर्व प्रधानमन्त्रीमध्ये डा। बाबुराम भट्टराई मात्रै देखिनुभयो । उपराष्ट्रपति र प्रधानन्यायाधीशबाहेक अरु कसैको पनि उपस्थिति थिएन ।
मुख्यसचिव, सुरक्षा अंगका प्रमुखहरुसँगै जेन जी समूहका झण्डै एक दर्जन त्यहाँ थिए भने काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको पनि उपस्थिति थियो । जसमा चीन, अमेरिका, कोरियाका राजदूतहरु थिए ।
राष्ट्रपति कार्यालयको औपचारिक समारोहस्थलमा जेन जी समूहको तर्फबाट सुदन गुरुङले प्रधानमन्त्रीलाई माला लगाइदिएका थिए । प्रधानमन्त्रीले उनीहरुलाई अंगालो हालेर माया देखाउनुभएको थियो ।