काठमाडौं, २९ भदौं—प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् ।

पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कुलमान  घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

रामेश्वर खनाल र कुलमान घिसिङको भोलि सोमबार शपथ हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *