काठमाडौं, १ असोज–पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्।

उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताए।

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा आशंका रहेको बताए।

पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूकै उकुसमुकुस रहेको बताए। आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरूरी देखिएको उल्लेख गरे।

नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष समेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गरे।

उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन। निश्चित मितिमै चुनाव गर्नुपर्छ। त्यसको निम्ति दलहरू चाहिन्छन्। पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनः संरचना हुन्छ जस्तो मलाई लाग्दैन। त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाति पुस्ता आइसक्यो। त्यहाँका नेताहरूको जुन उकुसमुकुस छ। मेरो अनुमान आगामी दिनमा एउटा बृहत खालको राजनीतिक पुनः संरचना हुन्छ। त्यसो हुनसक्यो। जेनजी भन्ने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव छ। कहिलेकाहीँ भुइँको टिप्छुभन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको पनि छु।’

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ। तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन्।

न्युज एजेन्सी नेपाल

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *