काठमाडौं, १ असोज–नेपाली कांग्रेसले आगामी असोज ३ गते देशैभर संविधान दिवस मनाउने जनाएको छ ।

पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

संविधानको रक्षाका लागि दृढतापूर्वक दिवस मनाउने अभियानमा सरिक हुन पनि उपसभापति खड्काले सो अवसरमा सिंगो पार्टी पंक्तिलाई उनले आह्वान गरे ।

बुधबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरूले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरू, भ्रातृ संस्था, शुभेच्छु संस्थाहरूलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताए ।

‘सबैले संयुक्तरुपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर सविधान दिवस मनाउने छलफल गरिसकेका छौं ।

‘म पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरूलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । सबैलाई यही आह्वान गर्दछु’ उपसभापति खड्काले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *