धरमपुर, ११ कार्तिक-झापाको शिवसताक्षी –१० माईधार चोक नजिकै रात्री बस दुर्घटना हुँदा १९ जना यात्रुहरु घाइते भएका छन् ।

रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब १० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाइएको छ । ६ जना यात्रु भने सकुशल रहेकाले गन्तव्यतर्फ गएका छन् । बसमा २५ जना यात्रु थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका–३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा ९ वर्षीय एलोन घाइते छन् ।

त्यसैगरी, झापाको कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनका छोरा ९ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते छन् ।

रामेछापको मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ का ६५ वर्षीया मिटु खत्री, रामेछाप देउरालीकी ८ वर्षीया अनु श्रेष्ठ पनि घाइते छन् ।

यसैगरी दोलखाको बैत्येश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत र दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुः
१) बस चालक झापा मेचिनगर–६ बस्ने बर्ष ३९ को राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम ।
२) रामेछाप मन्थलि १० बस्ने बर्ष ६५ अम्बर बहादुर बुढाथोकी घाँटि र ढाडमा चोट अवस्था मघ्यम
३) झापा गाउँपालिका ३ बस्ने बर्ष १७ की इक्षा लिम्बु निधार हात र खट्टामा चोट अवस्था मघ्यम ।
४) रामेछाप मन्थलि–९ बस्ने बर्ष३ ५ को भिम प्रसाद पुरी बाया करङमा चोट अवस्था मघ्यम
५) झापा कचनकवल–४ बस्ने बर्ष २० को रबिलाल गनेस टाउकोमा चोट अवस्था मध्यम
६) जि।रामेछाप ठाडादेवि–३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ।
७) झापा कचनकवल–४ बस्ने बर्ष २१ की परिना गनेस टाउको र ढाडमा चोट अवस्था मध्यम
८) झापा बिर्तामोड–१० बस्ने बर्ष ३६ की सिमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य
९) निजको छोरा बर्ष ९ को एलोन कार्कि टाउको र छातिमा चोट अवस्था मध्यम।
१०) दोलाखा बैनेश्वर–३ बस्ने बर्ष ३० को प्रदिप बहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम
११) रामेछाप देउराली बस्ने रामु श्रेष्ठक छोरा बर्ष( ८ अनु श्रेष्ठ टाउकोमा सामान्य चोट अबस्था सामान्य
१२) दोलखा तामाकोशी–३ बस्ने बर्ष( २८ कि कुमार बस्याल छातिना चोट अबस्था सामान्य
१३) झापा कचनकवल–६ बस्ने बर्ष( २७ की भेमा राजबसी छातिमा कुममा चोट अवस्था मध्याम
१४) झापा बिर्तामोड–५ बस्ने बर्ष ३५ को रामकुमार श्रेष्ठ छाति, तिग्राम चोट अबस्था सामान्य
१५) निजको छोर बर्ष( ९ को रिदम श्रेष्ठ हात र खट्टामा चोट अबस्था सामान्य ।
१६) झापा बिर्तामोड–५ बस्ने बर्ष २३ को पुर्ण बहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य
१७) बिर्र्तामोड–५ बस्ने बर्ष १८ सितल नेपालि बायाँ आँखाको डिलमा चोट अबस्था सामान
१८) झापा बाह्रदसीð५ बस्ने बर्ष( २१ को अबिसेक राजबंसी नाकमा चोट अबस्था सामान्य
१९) झापा गाउँपालिका–२ बस्ने बर्ष( १८ को श्यमलाल किस्कु टाउकोमा चोट सामान्य रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *