दमक, १५ कार्तिक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
दमक–६ पिपल चोकस्थित कार्यालय स्थापना गरेर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको कार्यालयमै आयोजित वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाले दीपप्रज्वलन गर्नुभएको थियो ।

सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा बार्षिका साधारणसभा सम्पन्न भएको थियो ।
सभामा संस्थाका विभिन्न विषयगततर्फ उत्कृष्ट कारोबार गर्ने सदस्यहरु र काार्यलयबाट सेवा प्रबाह गर्ने कर्मचारीहरुको कार्यसम्पादनमा वर्षेनी एक कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले पुरस्कार वितरण गरिएको थियो ।
कर्मचारीहरुबीच यसवर्ष कार्यालयका लेखा प्रमुख अनमोल तामाङ पुरस्कृत हुनुभएको छ । पुरस्कृत लेखा प्रमुख तामाङलाई सभाका प्रमुख अतिथि कोइरालासहित संस्थाका अध्यक्ष राईले प्रमाणपत्र र नगद प्रदान गर्नुभएको थियो ।

त्यस्तैं, दैनिक बचतर्फ रेवतप्रसाद चुडाल, आवधिक बचततर्फ सनमति आङ्दम्बे र नारायणदेवी राई, क्रमिक बचततर्फ शोभा श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ, अनिबार्य नियमित बचतर्फ परिना देवान, बाल सुनौलो भविश्य बचततर्फ मिसुम नेम्बाङ राईलाई सभामा सम्मानपत्र र मायाको चिनोसहित पुरस्कृत गरिएको थियो ।
सोही सभामा दैनिक असल ऋण कारोबारतर्फ हरिप्रसाद तिवारी र अन्जना राजवंशी, मासिक असल ऋण कारोबारतर्फ सुसिला राईलाई सभामा पुरस्कार वितरण गरिएको थियो ।
वार्षिक साधारण सभामा सञ्चालक समितिले तयार पारिएको आर्थिक वर्ष २०८१।०८२ का संस्थागत प्रगती तथा विक्तिय अवस्थासहित अध्यक्ष अशिम राई र लेखा सुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा संस्थाकी उपाध्यक्ष सम्झाना साँवा लिम्बू, सञ्चालक नारायणप्रसाद खरेल, सञ्चालक निर्मला लावोती, लेखा सुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेल, सदस्य कविता फागो, माया राई, सल्लाहकार संयोजक बिक्रम खाम्देन लिम्बू, गर्खाज फाइनान्स बैंक दमक शाखा प्रमुख तथा संस्थाका सल्लाहकार सदस्य राजिन राई, सल्लाहकार देबेन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको कार्यालय व्यवस्थापक हरिप्रसाद (दिनेश) दाहालले जानकारी दिनुभयो ।
सञ्चालक समितिकी सदस्य तथा ऋण उपसमितिकी संयोजक अनिमा तामाङले स्वागत मन्तव्य राख्नुभएको बार्षिक साधारणसभा सचिव सुमन कुमार राईले सञ्चालन गर्नुभएको थियो ।

