दमक, १५ कार्तिक–नेकपा (एमाले) ले आज दमकमा आफ्ना जनसंगठनहरूको सहभागितामा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ।

संविधानको रक्षा, संसद् पुनःस्थापना लगायतका मागहरूलाई समर्थन गर्दै नेकपा (एमाले) सम्बध्द जनसंगठन संयन्त्रको आयोजनामा भएको उक्त र्‍यालीमा पार्टीका युवा, महिला, सर्वसाधारण, कार्यकर्ता र नेताहरू सहभागी भएका थिए। निरन्तर परेको वर्षाको बीचमा पनि सहभागीहरू उत्साहका साथ र्‍यालीमा सहभागी भएका थिए।

दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको र्‍याली सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, आम्दा रोड, मदनडाँगी सडक, फाल्गुनन्द चोक हुँदै गणतन्त्र चोकमा पुगेको थियो, जहाँ र्‍याली कोणसभामा परिणत भएको थियो ।

एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले देश गलत दिशामा गएको र संसद् पुनःस्थापना गरेर मात्र मुलुकलाई स्थिरता र प्रगतिको बाटोमा ल्याउन सकिने बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरता देशकै हितविपरीत भएको बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *