पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, १६ कात्तिक–नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताभित्र एकीकृत समाजवादीसँग एकता टुंगिने बताएका छन्।

शनिबार पेरिसडाँडामा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नमा प्रचण्डले एकता प्रक्रिया चाँडै टुंगिने बताएका हुन्।

पत्रकारहरूले एकता प्रक्रिया कहिलेसम्म सकिन्छ भनेर प्रश्न गरेका थिए।

‘हप्ता दिन कट्दैन,’  सटिक जबाफ दिँदै प्रचण्डले भने।

एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल गर्नकै लागि शनिबार सचिवालय बैठक बोलाइएको थियो।

शुक्रबार मात्रै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।

त्यसपछि वैचारिक र सांगठानिक पाटोबारे पार्टीको धारणा बनाउनका लागि माओवादी छलफलमा जुटेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *