काठमाडौं, १६ कार्तिक–नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *