काठमाडौँ, १७ कार्तिक–सांसदहरूसँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको स्वकीय सुविधा पनि खोसिएको छ ।

सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची दुईमा हेरफेर गरेर प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो ।

ऐनको दफा २५ अनुसार सरकारले पदाधिकारी वा सदस्यलाई असर नपर्ने गरी अनुसूचीमा हेरफेर गर्न सक्ने व्यवस्था रहेको छ। यही अधिकार प्रयोग गरी सरकारले उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षले पाउँदै आएको स्वकीय सचिवको सुविधा हटाएको हो ।

यद्यपि, उपसभामुख र उपाध्यक्षले पाउने अन्य सुविधाहरू यथावत् छन् । जसमा एकरएक जना कम्प्युटर अपरेटर, दुईरदुई जना सवारी चालक, दुईरदुई जना कार्यालय सहयोगी, एउटारएउटा प्रिन्टरसहितको कम्प्युटर, दुईरदुई वटा साइकल, अतिथि सत्कार खर्च प्रति महिना दुईरदुई हजार, एकरएक जना अङ्गरक्षक र एकरएक जना विल्लादार गार्ड समावेश छन्।

सांसदहरूले पाउँदै आएको स्वकीय सुविधा पनि हटाइएको छ । प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ जना सांसद छन्। राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकले पाउँदै आएको स्वकीय सचिवको सुविधा पनि हटाइएको छ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पाउने सुविधाहरू भने यथावत् रहनेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *