काठमाडौँ, १९ कार्तिक–देशभक्त मोर्चाका संयोजक गोपाल किरातीले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको ८ वर्षे सम्बन्ध विच्छेदपछि पुनः सम्बन्ध जोडिएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा कार्यक्रममा किरातीले २०७४ सालदेखि अध्ययन बिदामा बसेको जानकारी दिए । उनले भने, ‘प्रचण्डसँगको सम्बन्धमा २०७४ मा छुट्यौँ र २०८२ सालमा जुट्यौँ । वस्तुगत आवश्यकताको आधारमा ८ वर्षे अध्ययन बिदा सकेर यहाँ जुट्यौँ।’
किरातीले नेपालमा क्रान्तिको यात्रा र समाजवादमा पुग्ने मार्गका बारेमा अध्ययन गरेपछि पुनः फर्किएको बताएका छन्। ‘म खुसी र गौरवको अनुभव गर्दै नेपालमा क्रान्ति कसरी गर्ने भन्ने विषयमा मैले गहिरो अध्ययन गरेको छु । नेपाली विशेषताको समाजवादमा कसरी पुग्ने भन्ने बारे पनि मैले अध्ययन गरेर फर्किएको छु’ उनले थपे।

