दमक, १९ कार्तिक–दमक नगर इसाई समाजले आज आफ्नो ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभा सम्पन्न गरेको छ ।
दमक–५ मा अवस्थित ज्योती चर्चमा बुधबार आयोजित ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभाको उद्घाटन दमक नगर प्रमुख रामकुमार थापाले गर्नुभएको हो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभा सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा दमक नगर इसाई समाजको संस्थागत हित, प्रवर्दन, उन्नती र प्रगतीका लागि महत्वपूर्ण योगदान पुर्याउने दमकका दुई शैक्षिक संस्थालाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

दमक–१ मा अवस्थित कर्नरस्टोन फाउण्डेसन विद्यालय र दमक–५ मा अवस्थित ग्रीनवे एजुकेशन एकाडेमीलाई दमक इसाई समाजले सम्मानपत्र प्रदान गरिएको हो ।
सो सम्मानपत्र कर्नरस्टोन फाउण्डेसनका प्रिन्सिपल पाष्टर युवराज गजमेर र ग्रीनवे एजुकेसनका प्रिन्सिपल पाष्टर कुमार तामाङलाई नगर प्रमुख रामकुमार थापा र दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाले दोसल्ला ओढाएर संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राईले कार्यक्रमको सुरुवातमा येशु ख्रीष्ट परमेश्वरको नाममा प्रार्थना गर्नुभएको थियो । त्यसवीचमा इलाम जिल्ला इसाई समाजका अध्यक्ष रेभ टेकबहादुर राईले समाज र राष्ट्रका लागि इसाई धर्मावालम्वीहरुवीच एकता र सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।

सो समारोहका प्रमुख बक्ताका रुपमा सहभागि हुनुभएका रेभ टेकबहादुर राईले असल व्याक्ति, जिम्मेवार छिमेकी र समृद्ध समाज अनि राष्ट्र निर्माण गर्न सवै नागरिक, सवै जाति, धर्म, समुदायको सकारात्मक भूमिका रहनुपर्ने औल्याउनुभयो । वहाँले बाइबल धर्मशास्त्रभित्रका धार्मीक तथा साँस्कृतिक पक्षका प्रभाव र यसले दिइरहेका सन्देशका बारेमा प्रष्ट पार्नुभएको थियो ।
रेभ टेकवहादुर राईले हाम्रो समाजका जातीय विभेदबाट पीडित भएका धेरै नेपालीहरूले इसाई धर्ममा आफूलाई समानता र सम्मानको अनुभूति गरेको बताउनुभयो । वहाँले चर्चहरूले जातीय भेदभावलाई पूर्ण रूपमा अस्वीकार गर्दै सबैलाई समान दृष्टिकोणले हेर्ने परम्परा स्थापित गरिएको स्पष्ट पार्नुभयो ।
त्यस्तैं, वहाँले इसाई धर्ममा धेरैले सामाजिक पहिचान बनाउन सफल भएको समेत बताउनुभयो । वहाँका अनुसार चर्चहरूमा जातको आधारमा भेदभाव हुने गरेका छैनन् । दलित या आदिवासी जनजाती मानिसहरू पनि चर्चका पास्टर र अगुवा बन्न सक्छन्। यो समानता र नेतृत्वको अवसरले धेरैलाई इसाई धर्मप्रति आकर्षित गरेको हो, वहाँको तर्क थियो ।

सो कार्यक्रममा झापा जिल्ला इसाई समाजका उपाध्यक्ष पाष्टर लालबहादुर दाहाल, दमकस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, जीवनचक्र समाज नेपालका अध्यष गणेशप्रसाद गौतम, पथरीशनिश्चरे नगर इसाई समाजका अध्यक्ष पाष्टर गोपाल नाछिरिङ राईले ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभाको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी, दमक नगर इसाई समाजको संस्थागत प्रगति, गतिविधिहरु र आगामी कार्यक्रमहरु समेटिएको प्रतिवेदन अध्यक्ष पाष्टर हेमन्त सुब्बाले प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा भएका आर्थिक गतिविधि तथा पक्षलाई समेटिएको आय ब्ययको प्रतिवेदन कोषाध्यक्ष अगुवा हरि राईले प्रस्तुत गर्नुभएको थियो । दुबै प्रतिवेदनहरुमाथि साधारणसभाको बन्दसत्रमा छलफल र सुझावसहित पारित गरिएको थियो ।
कार्यक्रममा रेभ एनडी थुलुङ, पाष्टर मुक्ति किराती, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष, अन्तर धार्मीक शान्ति सन्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राई, इलाम चुलाचुली ईसाई समाजका अध्यक्ष पाष्टर जीतबहादुर राई, मोरङ उर्लाबारी नगर ईसाई समाजका पाष्टर याम लावती, पथरी नगर ईसाई समाजका अध्यक्ष पाष्टर गोपाल नाछिरिङ्ग राई, झापा कमल ईसाई समाजका अध्यक्ष पाष्टर प्रताप लोहार, पाष्टर कुमार तामाङ, पाष्टर दावा शेर्पा, पास्टर किशोर सुनुवार, पाष्टर युवराज गजमेर, पाष्टर मानबहादुर आङ्गदेम्बे, पाष्टर विनय गहतराज, पाष्टर आमोस गजमेर, आमादिदी बहिनी संगती दमक नगर अध्यक्ष पारु खापुङ राई, युवा संगती दमक नगर समिति अध्यक्ष सुरज लिम्बू लगायतको उपस्थिति थियो ।
त्यसैगरी, समारोहमा दमकको विभिन्न चर्चका अगुवाहरु, दाजुभाई तथा दिदीबहिनीको ठूलो संख्यामा सहभागिता थियो ।। सहभागिहरुलाई मनोरञ्जन बनाउन युवा संगतीको तर्फबाट भजन प्रस्तुत गरिएको थियो ।
समाजका उपाध्यक्ष पाष्टर राम राईले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष अगुवा हरि राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको समापनमा अध्यक्ष हेमन्त सुब्बाले धन्यवाद मन्तव्यसहित येशु ख्रीष्ट परमेश्वरको नाममा
प्रार्थना गर्नुभएको थियो ।

