काठमाडौं, २० कार्तिक–विभिन्न १० वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
बुधबार पार्टी एकता घोषणा गरेपछि नवगठित पार्टीले आज आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाएको हो ।
नवगठित पार्टीमा साविकका नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० सहितका वामपन्थी घटकहरू एकीकृत भएका छन् ।
पार्टीका अनुसार नयाँ दलको चुनाव चिन्ह ‘पाँचकुने तारा’ तोकिएको छ ।
दल दर्ता प्रक्रिया पूरा भएपछि पार्टीले केन्द्रीय समिति विस्तार र संगठन निर्माणका काम अघि बढाउने जनाएको छ ।
