धरमपुर, २० कात्तिक–झापाको शिवसताक्षी–१ धरमपुरका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

इन्टरनेट कम्पनी फस्ट लिंकमा कार्यरत धरमपुरका १९ वर्षीय आशिष खनालको आज कमल गाउँपालिका–५ मंगलबारे बजार नजिकै वाईफाई मर्मत गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई यहि कात्तिक ११ गते कमल मंगलबारेमा बिजुलीको पोलमा चढी वाईफाई मर्मत गर्दा बिजुलीको तारबाट भुईमा झरेका थिए ।

घाइते अवस्थामा उनलाई आम्दा अस्पतालमा पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएको थियो ।

उपचार सम्भव नहुने भएकाले घरमा ल्याएका उनको हिजो कार्तिक १९ गते बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *