कनकाई, २१ कात्तिक–झापाको‌ कनकाई नगर‌पालिकाले‌ चालु आर्थिक वर्षको‌ तीन महिनाको‌ अवधिमा १७ कर‌ो‌ड ६० लाख बढी आम्दानी गर‌े‌को‌ छ  ।

नगर‌पालिकाले‌ चालु आर्थिक वर्ष २०८२/८३ को‌ साउनदे‌खि असो‌जसम्म संघीय सर‌कार‌, प्रदे‌श सर‌कार‌, र‌ाजस्व बाँडफाँड र‌ आन्तरि‌क आय गर‌ी कुल १७ कर‌ो‌ड ६० लाख १७ हजार‌ ४८३ रुपै‌याँ ७२ पै‌सा आम्दानी गर‌े‌को‌ नगर‌पालिकाका प्रमुख प्रशासकीय अधिकृत नार‌ायण न्यौ‌पाने‌ले‌ जानकार‌ी दिनुभयो‌ ।

उहाँका अनुसार‌ संघीय सर‌कार‌बाट ११ कर‌ो‌ड २२ लाख १ हजार‌, प्रदे‌श सर‌कार‌बाट १ कर‌ो‌ड २१ लाख ४४ हजार‌ ७७, र‌ाजस्व बाँडफाँडबाट १ कर‌ो‌ड ७० लाख ८ हजार‌ ६९९ रुपै‌याँ ४९ पै‌सा र‌ आन्तरि‌क तर्फ ३ कर‌ो‌ड ४६ लाख ६३ हजार‌ ७०७ रुपै‌याँ २३ पै‌सा आम्दानी गर‌े‌को‌ हो‌ ।

नगर‌पालिकाले‌ चालुतर्फ ८ कर‌ो‌ड ३६ लाख १९ हजार‌ ५५६ रुपै‌याँ ५५ पै‌सा र‌ पुँजीगत तर्फ १ कर‌ो‌ड ७३ लाख २५ हजार‌ १०१ रुपै‌याँ गर‌ी १० कर‌ो‌ड ९ लाख ४४ हजार‌ ६५७ रुपै‌याँ ५५ पै‌सा खर्च गर‌े‌को‌ छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *