दमक, २२ कात्तिक–झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

गएराति अन्दाजी ८ः३० बजे गौरादह-६ तेडियाडाँगी बस्ने स्व.अजय शर्माकी श्रीमती २५ वर्षीया चाँदनीदेवी शर्मालाई आफ्नै घरभित्र स्टोर रुम जाने क्रममा विषालु गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो ।

घाइतेलाई उपचारको लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकोमा उनलाई डाक्टरले चेकजाँच गर्ने क्रममा राति ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *