काठमाडौं, २३ कात्तिक–नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *