निरन्जन कुमार खरेल

काठमाडौं, २३ कार्तिक–बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ का ४१ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न अनुमति लिइ अनुसन्धानलाई अघि बढाएको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले ०७९–०८० मा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । तर उनी फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा नगद तथा चेकमार्फत् रकम जम्मा गर्ने, ओसारपसार गर्ने, कागज किर्ते गरी पीडितहरुसँग रकम उठाउने लगायतका काम गर्ने गरेका थिए ।

खरेलमाथि ठगी, कीर्ते र संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *