झिलझिले, २३ कार्तिक–झापको दुधेमा जारी प्रथम महिला गोल्डकपमा सहभागि तीन जना राष्ट्रिय टिमका दलित महिला खेलाडीहरुलाई सुनचाँदी व्यवसायी संघ शिबसताक्षी शाखाले आज स्वागत तथा सम्मान गरेको छ ।

शिवसताक्षी सुनचाँदी ब्यबसायी संघले आइतबार एक कार्यक्रमकाबीच महिला फुटबलमा दलित समुदायबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय टिमका तीन जना खेलाडीहरुलाई नगदसहित खादा पहिराएर सम्मानपत्र प्रदान गरिएको पत्रकार गोविन ल्वागुनले जानकारी दिनुभयो ।

पत्रकार ल्वागुनका अनुसार १७ कार्तिकबाट शिबसताक्षी नगरपालिकाको दुधे खेलमैदानमा जारी एलभिडि प्रथम महिला गोल्डकपमा बिभिन्न क्लबबाट प्रतिनिधित्व गर्ने बिमला बिक, मनमाया परियार र साबित्री किसान रहेका छ्न ।

सुनचाँदी व्यवसायी संघ शिबसताक्षी शाखाका अध्यक्ष टेकबहादुर सिन्चेउरी, संघका उपाध्यक्ष रोमन लामगादे, व्यवसायी तथा किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिसंखर सिलवाल, पत्रकार गोविल ल्वागुन, संघका पदाधिकारीहरुले सम्मानित खेलाडीहरुलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको हो ।

त्रिभुवन आमी फुटबल क्लबबाट व्यवसायिक खेल जीवन बितााइरहेकी बिमला विश्वकर्मको स्थाई ठेगना तनहुँ दमौली हो । त्यस्तैं, मनमाया परियार र साबित्री किसान एपीएफ (सशस्त्र प्रहरी बल) फुटबल क्लबबाट व्यवसायिक खेल खेलिरहेकी छन् । उनीहरुको स्थाई ठेगना स्याङ्जाको वालिङ्ग हो । बिमल र मनमाया राष्ट्रिय टिमबाट फुटबल खेलिरहेकी छन् ।

शिवसताक्षी नगरपालिका ११ स्थित दूधेमा जारी एलभिडी झापा महिला गोल्डकपको फाईनलको अघिल्लो दिन झिलझिलेमा एक कार्यक्रमको आयोजना गरि शिवसताक्षी सुनचाँदी ब्यबसायी संघले दलित समुदायको छोरीहरुले फुटबल खेलको क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको र थप हौसला होस भन्दै नगदसहित सम्मान गरेको शिवसताक्षी सुनचाँदी ब्यबसायी संघका उपाध्यक्ष रोमन लाम्गादेले जानकारी दिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सिन्चेउरीले सम्मानित खेलाडीहरुलाई शुभकामना शुभेच्छासंगै खेलप्रति थप जिम्मेवार हुन आग्रह गरे।

कार्यक्रममा सम्मानित भएपछि राष्ट्रिय खेलाडी बिमला बिकले झापालीको हौसल्ला, साथ र सहयोगसहितको यो सम्मानले आफुहरुलाई थप उर्जा र हौसला मिलेको बताईन् ।

सम्मानपत्रमा फुटबल क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि फुटबलर बिक, परियार र किसानको योगदान रहोस् भन्ने कामनासहित शुभेच्छा प्रकट गरिएको छ ।

उक्त सम्मान कार्यक्रममा शिवसताक्षी सुनचाँदी ब्यबसायी संघका योगेश सिन्चेउरी, भरत पोर्तेल, हर्क पोर्तेल, समाजसेवी पुर्ण लकान्द्री लगयतको सहभागिता रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *