दमक, २५ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट खेल्ने पाँच जना खेलाडीहरुसहित एपिएफ क्लबलाई आज झापाको दमकमा नगदसहित सम्मान गरिएको छ ।

दमकस्थित गोर्खाली टोलको बोर्डवे क्याफेमा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीबाट खेल्ने निशा थोकर, सविता राना मगर, सरु वाइबा, रश्मीकुमारी घिसिङ र सजनी थोकर जनही रु २५ हजार पाँच सय पचपन्नसहित सम्मान–पत्र प्र्रदान गरिएको छ । सोही, समारोहमा सशस्त्र प्रहरी बल (एपिएफ क्लब) लाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

एएमपी कन्ट्रक्सन कम्पनी र बोर्डवे क्याफे दमकले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । खेलाडी सम्मान कार्यक्रममा शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रा, एएमपी कन्ट्रक्सन कम्पनी प्रालि शिबसताक्षी–७ का सञ्चालक मिलन तामाङ र बोर्डवे क्याफेका सञ्चालकद्धय बिपिन सुवेदी र विशाल पौडेलले खादा ओढाएर नगद, प्रमाणपत्र र मायाको चीनो प्रदान गर्नुभएको थियो ।

एएमपी कन्ट्रक्सन कम्पनी प्रालीको तर्फबाट निशा थोकर (एपिएफ), सविता राना मगर (एपिएफ), सरु वाइबा (एपिएफ), रश्मी कुमारी घिसिङ (एपिएफ) र सजनी थोकर (नेपाल पुलिस क्लब) लाई जनही २५ हजार पाँच सय पचपन्न, प्रमाणपात्र र मायाको चीन प्रदान गरिएको थियो ।

त्यस्तैगरी बोर्डवे क्याफे दमकको तर्फबाट एपिएफ क्लबलाई नगद २५ हजारसहित सम्मानपत्र र सोही क्लबकी क्याप्टेन तथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी अनिता बस्नेतलाई नदग २५ हजार पाँच सय पचपन्नसहित प्रमाणपत्र र मायाको चीनो प्रदान गरिएको थियो ।

कार्यक्रममा एपिएफ क्लबका मूख्य प्रशिक्षक जीवेश पाण्डेले प्रमाणपत्र, नगर र मायाको चीनो ग्रहण गर्नुभएको थियो । त्यसबीचमा प्रशिक्षक पाण्डेले नेपाली महिलाहरुको फुटबलको श्रीबृद्धिका लागि देशभरी फुटबल प्रतियोगिताहरु सञ्चालनमा आउनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक पाण्डेले राजधानीबाट धेरै पूर्वको जिल्ला झापामा अन्तराष्ट्रियस्तरको महिला फुटबलको प्रतियोगिता सञ्चालन हुनुलाई प्रसंषा व्यक्त गर्नुभयो ।

खेलाडी सम्मान कार्यक्रमका प्रमु्ख अतिथिसमेत रहनुभएका शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राले खेलाडीहरुले खेल जित्नु मात्रे ठूलो उपलब्धीको रुपमा नहेरी त्यसभित्र अनुसाशन र सीपको विकासतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । वहाँले नगरपालिकाको तर्फबाट निकै ठू्रलो लगानी र मिहनेतका साथ प्रतियोगिता सभ्य र भब्य बनाउन सफल भएको बताउनुभयो ।

सो कार्यक्रममा शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राई, दमकका निर्माण व्यवसायी बिक्रम खाम्देन लिम्बू, पूर्व खेलाडी तथा शिबसताक्षी नगर खेलकुद विकास समितिका सदस्य सन्तोष थेगिम, एएमपी कन्ट्रक्सन कम्पनी प्रालिका सञ्चालक मिलन तामाङ, बोर्डवे क्याफेका सञ्चालकद्धय विपिन सुवेदी र बिशाल पौडेल लगायतका खेलक्षेत्रका विभिन्न व्याक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

सम्मानित खेलाडीहरु, एलभिडी अन्तराष्ट्रिय आामन्त्रण झापा महिला गोल्डकपमा सहभागि हुन झापा आइपुगेका हुन् । शिबसताक्षी–११ दुधे खेलमैदानमा कार्तिक १७ गतेदेखि २४ गतेसम्म गोल्डकप आयोजना भएको थियो ।

सो गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले हात पार्र्यो भने उपबिजेता एपिएफ क्लबले चित्त बुझाउनु पर्यो । बिजेता टोलीले नगद १० लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने उपबिजेता टोलीले नगद ५ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *