सुमित्रा सुवेदी भण्डारी

काठमाडौँ, २५ कार्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम राष्ट्रपति पौडेलले मंगलबारबाट लागू हुने गरी भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिशमा भण्डारीलाई हटाइएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७र२४ गतेको निर्णय एवम् सिफारिशमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७र२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *