झिलझिले, २५ कार्तिक–ट्याक्टर दुर्घटनामा परेर झापा गाउँपालिकामा एक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका (६ शरणामती बस्ने ४५ वर्षीय सुनिल सोरेन रहेका छन् ।

आज (मंगलबार) बिहान १० बजे मे १ त ३३१६ न।को ट्रयाक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो ।

दुवै खुट्टा र टाउकोमा चोट लागेका घाइते सोरेनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

घाइते सोरेनको अस्पतालमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *