पवनकुमार आचार्य

काठमाडौँ, २५ कार्तिक–सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन्।

कार्तिक २४ गते सोमवार बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि लागू हुने गरी आचार्यलाई उक्त जिम्मेवारी दिएको हो।

हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका छन्।

रिस्क म्यानेजमेन्ट र कर्जामा दक्खल राख्ने आचार्य सानिमा बैंक स्थापनादेखि बैंकमा आबद्ध थिए। आचार्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तरका साथै भारतबाट इन्जिनियरिङमा स्नातक हुन्।

यसअघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रूपमा काम गरिसकेका छन्। उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुने विश्वस्त रहेको बैंकले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *