नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ

काठमाडौं, २७ कात्तिक–आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने

साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।

सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ।

उक्त आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *