काठमाडौं (एजेन्सी), २७ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर फुटबलर प्रीति राईले जोर्डन महिला लिगमा पहिलो गोल गरेकी छन्।
बुधबार भएको खेलमा इत्तिहाद क्लबले फ्युचर नाशामालाई ७–० ले पराजित गरेको हो।
योसँगै शीर्ष स्थानमा रहेको इत्तिहादले ५ खेलबट १३ अंक पुर्याएको छ। नाशाम भने समान खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा छ।
इत्तिहादका जन्ना मतूकले ३, मज स्वेइलेमले १९औं, तूका गाजीले ५७औं, इनास अल जमाइनलले ६५ र ७४औं र नूर अहमद ९०औं मिनेटमा गोल गरेका थिए।
प्रीतिले ७४औं मिनेटमा टोलीको छैटौं गोल गरिन्। यो आफ्नो जोर्डन करिअरको पहिलो गोल हो।
