दमक, २९ कार्तिक–खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले बिगतको वर्ष झैँ यसवर्ष उपभोक्तामुखी सेवा, पारदर्शिता र दिगो व्यवस्थापनलाई प्राथमिकता राख्दै साधारण सभाको आयोजना गरेको हो ।
कार्यक्रममा उपभोक्ता, स्थानीय प्रतिनिधी, सरोकार नीकायका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने सोही कार्यक्रम कोशी प्रदेशका माननीय संसद होमबहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमककी सदस्य दुर्गादेवी खनाल काफ्लेले संस्थाले गरेको वार्षिक कार्यको बारेमा चर्चा गर्दै संस्थाले सधैँ उपभोक्ताको स्वास्थ्य र सहजतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथी रहनुभएका प्रदेश सांसद होमबहादुर थापाले संस्थाले गरेको काम उदहारणीय रहेको बताउदै खानेपानीको वर्गीकरण महानको पहिचान र वर्गीकरण समेत गर्ने काम प्रदेश सरकारबाट गरिरहेको र कान’नी वाधा र अवरोध पनि हटेको बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रवि न्यौपाने खत्रीले आर्थिक वर्ष २०८२/०८३ मा थप गर्न प्रस्ताव गरिएका प्रमुख कार्यहरु सार्वजनिक गर्दै प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले थप स’धार तथा विस्तारको लागी ए डि वि काृ आर्थिक सहयोग र नेपाल सरकारबाट निर्माण ह’ने योजनामा सम्झौता बमाृजिम २० प्रतिशतमा ५ प्रतिशत नगर र १५ प्रतिशत क्तण लिने र भुक्तानी गर्न क’नै किसीमकाृ बाधा आएमा खानेपानी अपभोक्ता संस्थाले आवश्यक सामधान गर्ने गरी स्वीकृत र अनुमोदनका लागी पेश गरिएको छ ।
दमकभरी स्वच्छ खानेपानी पुर्याउन सस्थाले विभिन्न आयोजनाका काम गरिरहेको समेत उल्लेख गरिएको छ । दमकका अधिकांश नागरिकले स्वच्छ खानेपानीको सेवा पाउने कुराको निरन्तरता र यहाका आर्थिक गतिविधि समेत थप पारदर्शी बनाउन कार्यक्रमका अतिथिहरुले सुझाब दिनु भएको थियो ।
संस्थाका सञ्चालक सदस्य गजेन्द्र देवानका अनुसार २९औं साधारणसभामा नेकपा एमाले दमक अध्यक्ष राम पौडेल, कांग्रेसका नगर उपसभापति सागर खनाल, नेपाली कम्युनिष्ट पार्टी दमकका अध्यक्ष रबि बस्नेत, नेकपा (एकीकृत समाजवादी) दमक अध्यक्ष हरिप्रसाद नेपाल, जसपा दमक अध्यक्ष महेन्द्र चाम्लिङ राई, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार नेत्री बिष्णुमाया भट्टराई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक १० का अध्यक्ष राजेन्द्र भण्डारी, दमक २ का अध्यक्ष प्रजापती सापकोटा, लखनपुर खानेपानीका अध्यक्ष डम्बर निरौला, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी लम्साल लगायतको उपस्थिति थियो ।
महशुलमा छुट, धरौटी रकममा कटौती , बिप्पन्न लक्ष्यित अन्य कार्यक्रम यो समितिका प्रसंशायोग्य काम रहेको पनि कार्यक्रमका बक्ताहरुले बताउनु भएको थियो ।
