साँङ्केतिक तस्विरः हात्ती

दमक, २९ कार्तिक–मोरङको मिक्लाजुङ गाउँपालिका–७ र ८ स्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र करिब १५ वटा जङ्गली हात्ती प्रवेश गरेको पुष्टि भएको छ।

स्थानीयवासी तथा वन सुरक्षा समूहमार्फत प्राप्त जानकारीअनुसार हात्तीको ठूलो झुण्ड विगत केही दिनदेखि निरन्तर रूपमा उक्त क्षेत्रमा देखापर्दै आएको दमक ३ का वार्ड अध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

यहीबीच, झापाको दमक नगरपालिका–३, दुम्से आसपास २३ वटा हात्ती हिजो साँझदेखि देखा परेका र हात्तीको असामान्य आवागमनले स्थानीय बस्ती तथा कृषि क्षेत्रमा जोखिम बढेपछि सतर्क रहन वार्ड अध्यक्ष बरालले अनुरोध गर्नु भएको हो ।

सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले क्षेत्रका सर्वसाधारणलाई अत्यन्त सावधानी अपनाउन, राति अनावश्यक बाहिर ननिस्कन, हात्ती नजिकिन नदिन तथा सम्भावित जोखिमबारे छिमेकीलाई समेत जानकारी गराइरहेको समेत उहाले उज्यालोसगको कुराकानीमा बताउनु भयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *