धरमपुर, ३० कार्तिक–स्वास्थ्य, शिक्षा, सीप विकासका कार्यक्रमसंगै गरीवी निवारण लागि समुदायमा स्वच्छ खानेपानी उपलब्धता गराउँदै आएको वर्क फर नेपालले झापाको धरमपुरस्थित एक विद्यालयलाई स्वच्छ खानेपानी निर्माण गरिदिएका छन् ।
शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वर्क फर नेपालले रु दुई लाख ५० हजारको लागत खर्चमा बायो सेटसहितको स्वच्छ खानेपानी निर्माण गरिदिएका हुन् ।
हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नेपाल (युएसए) को आर्थिक सहयोगमा निर्मित सो खानेपानीको आज (आइतबार) विद्यालयमा एक कार्यक्रमबीच वर्क फर नेपालले सो खानेपानी विद्यालयलाई हस्तान्त्रण गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष तेजवहादुर विश्वकर्मको लक्ष्मीनारायण अध्यक्षताम र शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यताम खानेपानी हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो ।
खानेपानी हस्तान्त्रण कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष त्रिलोचन अधिकारीले शिबसताक्षी नगरपालिकाको लक्ष्मीनारायण सहित शिबसताक्षी–३ को पाराबारीस्थित भानू माध्यमिक विद्यालयमा खानेपानी निर्माण गरिने बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, सीप मुलक कार्यक्रम र गरीवी निवारणसम्बन्धि काम गर्दै आएको संस्था वर्क फर नेपालका अध्यक्ष अधिकारीका अनुसार लक्ष्मीनारायण विद्यालयमा निर्मित खानेपानी बायो सेट सहितको धारा हो । एक हजषर लिटर क्षमतासहितको खानेपानीमा ६ वटा धाराहरु छन् ।
त्यसैअवसरमा वर्क फर नेपालले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको थियो । स्वास्थ्य सामाग्रीहरुमा दात सफा गर्ने ब्रस, सावून, स्याम्पु, तौलिया लगायतका सरसफाई सामाग्रीहरु हस्तान्त्रण गरेका थिए ।
सो कार्यक्रमलाई विद्यालयका प्रधानध्यापक खगेन्द्रबहादुर लम्जेलले विद्यालयको शैक्षिक तथा स्वास्थ्य र खेलकुदका बारेमा प्रष्ट बनाउँदै स्वागत मन्तब्य राख्नुभएको थियो । त्यस्तै, वर्क फर नेपालका दिनेश संग्रौलाले वर्क फर नेपालको संस्थागत परिचयसहित वर्क फर नेपालले सञ्चालन गरेको कार्यक्रमहरुका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ, विद्यालयका पुर्व शिक्षक तथा अक्षयकोष दाताको तर्फबाट माधवप्रसाद भण्डारी, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भीमबहादुर खवास लगायतका विशिष्ट व्यात्तित्वहरुको उपस्थिती थियो ।
सो अवसरमा विद्यालयको तर्फबाट प्रधानध्यापक लम्जेलले वर्क फर नेपाल का अध्यक्ष त्रिलोचन अधिकारी र दिनेश संग्रौलालाई मायाको चिनोसहित सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।
