नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौं, ३० कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले देशलाई रुपान्तरण गर्ने भन्दै सात बुँदे आधार अघि सारेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत चन्दले आफ्ना योजना अघि सारेका हुन् ।

उनी लेख्छन्, ‘बेमौसमी दलाल पुँजीवादी दुर्गन्धी हावाहुरीलाई घृणाकासाथ दुत्कार्दै, महान् कम्युनिस्ट आदर्शको ध्वजा फहराउँदै अगाडि बढौँ ।’

यस्ता छन् विप्लवका देशलाई रुपान्तरण गर्ने सात आधार
१) हामीसँग असल कम्युनिस्ट पार्टी छ
२)  नेपाली विशेषताको समाजवादी लक्ष्य स्पष्ट छ
३) आफ्नै आधारभूत नयाँ आर्थिक मार्ग छ
४)  विज्ञान–प्रविधिमा आधारित दृष्टिकोण छ
५)  देश र जनताको रक्षा र सेवा गर्ने अठोट छ
६)  समाजलाई नयाँ बाटो देखाउने सी संस्कृति छ र
७)  सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको नीति छ।

हालै निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी कार्यक्रममा होमिएका विप्लवले जनार्दन शर्मा, घनश्याम भुसाललगायत नेताहरूसँग सहकार्यको घोषणा गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *