काठमाडौँ, १ मंसिर–दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ ।

आज (सोमबार) उद्घाटन खेलमा काठमाडौँले साबिक विजेता जनकपुर रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पूरा गर्‍यो।

काठमाडौँका बेनले सर्वाधिक ४६ रन बनाए । आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए । मिलिन्दा कुमार १९ र भीम सार्की ३ रनमा आउट भए।

किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो । काठमाडौँका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए । शाहाब आलम र सन्तोष यादवले समान एकरएक विकेट लिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *