झिलझिले, १ मंसिर–बालाचतुर्दशी पर्वको अवसरमा यहि मंसिर ३ गते बुधबारका दिन शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आज (सोमबार) सूचना सार्वजनिक गर्दै बालाचतुर्दशी पर्वको अवसरमा अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय बन्द रहने जानकारी गराएको हो।

नगर क्षेत्रभित्रअवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा मनाइने बालाचतुर्दशी मेला लक्षित गरी विदा गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा कार्यालयहरू, शैक्षिक संस्था, स्वास्थ्य कार्यालयहरुमा विदा गरिएको हो ।

झिलझिलेबाट उत्तरतर्फ चुरे घनाजङ्गलमा अवस्थित सताक्षीधाममा बालाचतुर्दशीको अवसरमा लाखौँ दीपदान, शतबीज छर्ने संस्कार, धार्मिक अनुष्ठान तथा मेला जस्ता गतिविधिहरु हुने गर्दछ । सो क्षेत्रमा भारत, भुटान र नेपालका विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

धार्मीक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम विकास समितिका अध्यक्ष तुलाराम बोखिमका अनुसार बालाचतुर्दशीमा हुने मेलाका आवश्यक तयारी पुरा भएको छ ।

अध्यक्ष बोखिमले मेलामा आगान्तुक तीर्थालुहरुका दुई पाग्रे र चार पाग्रे सवारी साधनको पार्किङस्थल निर्माण, दर्शनार्थीहरुका लागि सौचालय, पिउने पानी, पुजाको सामाग्रीहरु खरिद गर्ने स्थल, खाजा तथा चियाका लागि होटल सञ्चालनका लागि सवै स्थानहरु निर्माण भइसकेको जानकारी दिनुभयो ।

मेलामा हुन सक्ने चोरी आतंक जस्ता अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय झिलझिले र सम्बन्धित प्रशासन मार्फत सुरक्षा व्यवस्था मिलाइएको अध्यक्ष बोखिमले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *