काठमाडौँ, २ मंसिर–पशुपतिनाथको मणि मुकुट, कवच एकमुखे रुद्राक्षलगायत गरगहनाको प्रदर्शन गरिँदै छ।

यही परम्पराअनुसार आज बिहान १० देखि साढे ११ बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

त्यसैगरी मङ्सिर ४ गते बिहीबार बिहान ९ देखि पौने १२ बजेसम्म पनि नागमणि, मुकुट, कवच, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए।।

पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण औँसीका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ। यी सामग्री आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिनेछ भनी देखाउने परम्परा रहेको कोषले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *