दमक, ४ मंसिर–दमक नगर इसाई समाजले आज इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हाल्न आउनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालसंँग अन्तरक्रियात्मक भेटघाट तथा स्वागत कार्यक्रम गरेको छ ।
इसाई धर्मालम्वीहरुको साझा संस्था दमक नगर इसाई समाजले दमकको शान्ति सुरक्षा, तथा अमन–चयन कायम गराउनमा प्रहरी र नागरिकवीच हात्तेमालो गरौ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको नेतृत्वको संस्थागत टोलीले इलाका प्रहरी कार्यालय दमकमा पुगेर कार्यालय प्रमख डिएसपी लम्साललाई खादा ओढाएर पुष्प गुच्छाले स्वागत गुर्नका साथै परिचय आदानप्रदान गरिएको थियो ।
सो क्रमम इसाई समाजका निवर्तमान अध्यक्ष तथा इसाई समाजका सल्लाहकार पाष्टर आकाश थुलुङ राईले दमकको शान्ति, सुरक्षा र अमन चयन कायम गर्नमा महत्वपूर्ण भूमिका रहनेमा आशावादी रहेको बताउनुभयो ।
पाष्टर थुलुङले प्रहरी प्रशासनलाई नागरिकप्रति उत्तरदायि बनाउन, राजनीति आग्रह र पुर्वाग्रहबिना कार्यसम्पादन गर्नसमेत सुझाव दिनुभयो ।
दमक नगरपालिकाले गठन गरिएको लागुऔषध नियन्त्रण र न्यूनिकरणसम्बन्धि समितिका सदस्य समेत रहनुभएका पाष्टर थुलुङले दमकमा बढ्दो लागुऔषधको विकराल अवस्था र यसबाट भएको क्षतिका बारेमा सरकारी कार्यालयहरु र अन्य सामाजिक संघसंस्थाले देखाएको कार्यप्रगतिका बारेमा आफ्नो बिचार राख्नुभएको थियो ।
सो अवसरमा दमक नगर इसाई समाजका पूर्वअध्यक्ष पाष्टर किशोर सुनुवार, पूर्वअध्यक्ष पाष्टर दावा शेर्पा लगायत व्याक्तित्वहरुको सहभागिता थियो ।
त्यस्तैं, सो कार्यक्रममा दमक नगर इसाई समाजका कोषाध्यक्ष हरि राई, कर्नर स्टोन फाउण्डेसन दमकका सञ्चालक तथा विपत व्यवस्थापन समितिका संयोजका पाष्टर युवराज गजमेरको पनि सहभागिता थियो ।
स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी लम्साले दमकको शान्ति सुरक्षामा प्रहरी जिम्मेवारका साथ प्रतिबद्ध हुने बताउनुभयो । डिएसपी लम्सालले प्रहरीले नागरिकसँग हात्तेमालो गरेरैमात्र अघि बढ्ने प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक नबीन राईको उपस्थिति रहेको थियो ।
