शिबगञ्ज, ८ मंसिर–झापाको शिवसताक्षी–६ शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयमा आज (सोमबार) वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा र विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट १ हजार ४ सय भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन्।
शिविरमा जेनेरल फिजिसियन, मुटु, हाड–जोर्नी तथा नसा, ईएनटी (नाक–कान–घाँटी), छाला रोग, मानसिक स्वास्थ्य, बाल रोग, दन्त रोग, आँखा, जेनेरल सर्जरी, प्रसूति तथा स्त्रीरोग लगायतका सेवा उपलब्ध गराइएको थियो।
साथै, शिविरमा भिडियो एक्स–रे, इसिजी, इको, ल्याब परीक्षण जस्ता प्राविधिक सेवासमेत दिइएको थियो। सेवा लिने सबै बिरामीलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो।

शिविरमा नोबेल मेडिकल कलेज विराटनगरका १८ जना डाक्टर तथा प्राविधिकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। नेपाली कांग्रेस शिवसताक्षीले राजनीति मात्र होइन, आम नागरिकको सेवा-सहयोगमा पनि अग्रसर रहेको उदाहरण प्रस्तुत गरेको जनाएको छ।
सो शिविरको उद्घाटन नेपाली कांग्रेस महासमिति सदस्य भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । शिविरमा कांग्रेस नगर सभापति अशोक बस्नेतको अध्यक्षताम र महासमिति सदस्य भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा पार्टि झापाका सचिव कमल भण्डारी, क्षेत्र न ४ प्रदेश सभापाति बिनोद ढकाल, शिबसताक्षी–६ शिबगञ्जका वडाध्यक्ष तथा कांग्रेसका युवा नेता मनोज खुलाल कार्की, नारायण ढाहाल, ओम दुलाल लगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।

