काठमाडौँ, ९ मंसिर–नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार बेहोरेको छ। लुम्बिनी २२ रनले पराजित भएको हो।

त्रिवि क्रिकेट रङ्गशालामा काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि दिलीप नाथले २५ रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

यस्तै, डी आर्सी सर्टले २२ रन बनाए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सेयर मल्लले १८ बलमा ३ छक्काको सहयोगमा २७य रन प्रहार गर्दै रन आउट भए।

कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११, ओपनर सन्दीप जोराले ७ रन बनाए। यो जितसँगै ४ खेलमा काठमान्डुले दोस्रो जित दर्ता गरेको छ। यता ३ खेलबाट लुम्बिनीले दोस्रो हार बेहोरेको छ।

त्यसअघि त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

काठमान्डुको लागि कप्तान करण केसीले सर्वाधिक ३३ रन बनाए। ओपनर आकाश त्रिपाटीले ३२ रन बनाए। यस्तै, सन्तोष यादवले १३ बलमा २ छक्काको सहयोगमा २३ रन बनाएर आउट भए। गेर्हाट इरानेशले १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए। मिलेन्द्र कुमार १७ र रासिद खानले १४ रनको योगदान गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *